धर्म / संस्कृति

बिस्का जात्रा : भेलुखेलमा योसिं: द्यो ढालियो

By खबरहब

April 14, 2023

काठमाडौँ– भक्तपुरको प्रसिद्ध बिस्का जात्रा अन्तर्गत नयाँ वर्षको दिन भेलुखेलमा योसिं: द्यो ढालिएको छ । 

बिहीबार ठड्याइएको ५५ हाते योसिं: द्यो लाई शुक्रबार तान्त्रिक विधि पूर्वक ढालिएको हो । अष्टमात्रिकाको प्रतीक मानिने लिङ्गो नागनागिनीको प्रतीक स्वरुप हंलिपतध्वजा बाँधेर फराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । लिङगो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो ।

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्षभाग र हातहरु नौलो कपडाले बेरी लिङ्गोको कोखमा झुण्डयाउने चलन छ । यी दुई वीरध्वज र विश्वध्वजलाई भैरवनाथको ध्वजा समेत भन्ने गरिन्छ । 

यी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचैमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यतासमेत रहेको पाइन्छ । बिस्केट जात्राको छैटौँ दिन अर्थात वैशाख २ गते मध्यपुर थिमी बालकुमारी स्थित बिहान सिन्दुर जात्रा गरी