देश/प्रदेश

नेपालमा थप १३६ जनामा कोरोना संक्रमण

By खबरहब

April 14, 2023

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा  थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 १ हजार ४२४ नमुनामध्‍ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना  र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । मन्त्रालयका अनुसार ३२ जना संस्थागत आइशोलेशनमा,  ११ जना आइसीयू र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको  छ ।