काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार दसहरी आँप र मालदह आँपको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, अदुवा २०० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ८० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ, घिरौँला ६० रुपैयाँ, चमसूरको साग १२० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ४० रुपैयाँ, लोकल परवर ११० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदिना १५० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ केजी कायम गरिएको छ।
ब्रोकाउली १६० रुपैयाँ, भ्यान्टा लाम्चो ४० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुईँ कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २५० रुपैयाँ र हरियो धनियाँ ५० रुपैयाँ पाइने समितिले जनाएको छ।
यसैगरी, ताजा छडी माछा २६० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।