समाचार

वीरगन्जबाट भन्सार छली ल्याएको ७४ बोरा चामल बरामद

By खबरहब

May 14, 2023

वीरगन्ज – वीरगन्जबाट प्रहरीले भन्सार छली ल्याइएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको छ ।

विभिन्न किसिमका चामल भन्सार छली वीरगञ्जमा ल्याई अनधिकृत रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरीले वीरगन्ज–११ रानीघाटमा छापामारी गरेको थियो ।

उक्त क्रममा रानीघाटस्थित प्रकाशकुमार गुप्ताको पसलअगाडि लुकाइ छिपाइ राखिएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले बताए ।

नियन्त्रणमा लिइएको चामलको मूल्य एक लाख २० हजार ८७८ कायम गरी आवश्यक कारबाहीको वीरगन्ज भन्सार कार्यालयमा पठाइएको गिरी जानकारी दिए ।