ब्रेकिङ स्टोरी

नक्कली शरणार्थी प्रकरण : संलग्नहरूलाई उन्मुक्ति दिन नहुने भन्दै नेविसंघको प्रदर्शन

By खबरहब

May 14, 2023

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई उन्मुक्ति दिन नहुने भन्दै नेविसंघले काठमाडौँमा प्रदर्शन गरेको छ ।

काठमाडौँको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले शरणार्थी प्रकरण देशद्रोही काम भएकाले यसमा संलग्नहरूलाई उन्मुक्ति दिन नहुने भन्दै घण्टाघर क्षेत्रमा प्रदर्शनमा गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचारी होसियार, देश बेच्न पाइँदैन, टोप बहादुर रायमाझी कता हरायो, सभापतिज्यू बालकृष्ण खाँणलाई कारबाही किन नगरेको लगायतका नाराबाजी गरेका थिए ।

उनीहरूले आफ्ना नेताहरू प्रकरणमा संलग्न भए पनि दोषी भए कडा कानूनी कारबाही गर्नुपर्ने जनाएका छन् । त्यस्तै विद्यार्थीहरूले शरणार्थी प्रकरणमा कुनै दबाब बिना अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।