फाइल फोटो

देश/प्रदेश

चितुवाको आक्रमणमा परी तीनजना घाइते

By खबरहब

May 14, 2023

धरान– धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका– ५ बोधेस्थित जंगलमा चितुवाको आक्रमणमा परी तीन जना घाइते भएका हुन ।  

इलाका प्रहरी कार्यालय राजारानीका अनुसार यसरी घाइते हुनेमा २६ वर्षीय मुकेश याखा, ३० वर्षीय भुवन याखा र ३३ वर्षीय पविन याखा रहेका छन । मौनाखोला नजिकको जंगलमा उनीहरूमाथि चितुवाले आक्रमण गरेको थियो ।

सो आक्रमणमा परेका मुकेश र भुवनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अर्का घाइते पविनको भने स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।