फाइल तस्वीर

राजनीति

नक्कली शरणार्थी प्रकरण राजद्रोह नै हो : स्वर्णिम वाग्ले

By खबरहब

May 14, 2023

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भूटानी शरणार्थी प्रकरण राजद्रोह नै भएको बताएका छन् ।

आइतबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा वाग्लेले अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र सङ्गठित अपराध भएकाले यसको गाम्र्भियता राजद्रोह भएको बताएका हुन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय अभिसन्धीलाई टेकेर यसलाई उचाइमा पुराउनुपर्ने उनको भनाइ छ । उनले नेपालबाट सिर्जित भएको काण्डका कारण अमेरिकामा रहेका नेपालीहरूको विषय भएकाले यसलाई सामसुम हुन दिन नहुने जिकिर गरे ।

उनले अन्य सेटिङ र भ्रष्टाचारहरूलाई पनि गहिरो गरी अनुसन्धान गर्नुपर्ने बताए । त्यस्तै वाग्लेले तनहुँ १ मा राजनीतिलाई सिङ्गो पार्ने मुद्दा बोकेर गएको र जनताले पनि देशै सपार्नुपर्छ भन्ने सन्देश दिएको धारणा राखे ।

उनले भ्रष्टहरूले सिस्टमलाई नै प्रभावमा पारेको भन्दै अब नयाँ तवरले अनुसन्धानलाई जोड दिनुपर्ने बताएका हुन् ।