सांकेतिक तस्बिर

देश/प्रदेश

आगलागीबाट ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट 

By खबरहब

May 14, 2023

मोरङ– मोरङमा आगलागीबाट ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुन्दरहरैचा नगरपालिका ३ गछियास्थित माउन्ट मकालु बोर्डिङ स्कुलको क्यान्टिनमा ग्यास लिक भई आइतबार दिउँसो आगलागी हुँदा किताब, कापी, अन्नपात, भाडावर्तन, ग्यास लगायतका सामान जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।