ब्रेकिङ स्टोरी

नक्कली शरणार्थी प्रकरणमा म संलग्न छैन : बालकृष्ण खाँण

By खबरहब

May 14, 2023

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कुनै संलग्नता नभएको दावी दाबी गरेका छन् ।

आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि अदालत लैजाने क्रममा केही भन्नुहुन्छ मिडियालाई भन्ने सञ्चारकर्मीको प्रश्नमा खाँणले उक्त प्रकरणमा आफु संलग्न नभएको प्रतिक्रिया दिएका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता देखिएको भन्दै खाँणलाई प्रहरीले पक्राउ गरेको थियो ।