फाइल फोटो

ब्रेकिङ स्टोरी

एमाले नेता टोपबहादुर रायमाझी काठमाडौँबाट पक्राउ

By खबरहब

May 14, 2023

काठमाडौँ — पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए ।

प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनका छोरा सन्दीप यसअघि नै पक्राउ परिसके छन् ।