देश/प्रदेश

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

By खबरहब

June 14, 2023

काठमाडौं– काठमाडौंको जडिबुटीमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

मंगलबार राति काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख ३४३६ नम्बरको टिपरले बागमती प्रदेश-०२-०२६ प २१२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

मृत्यु हुनेमा दोलखा शैलुङ गाउँपालिका घर भई कोटेश्वर बस्ने ३० वर्षीय झनकबहादुर थापा मगर रहेका छन्। दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो । 

घाइते हुनेमा काठमाडौं महानगरपालिका ५ बस्ने ४० वर्षीय कुमार थापा मगर छन्। उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।  टिपर चालकलाई  प्रहरीले नियन्त्रणमा लिइसकेको छ।