समाचार

कानून विपरीत सञ्चालन गरिएका २ स्वास्थ्य संस्थामा महानगरले लगायो ताला

By खबरहब

June 14, 2023

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाइदिएको छ ।

अनुगमनका क्रममा कानूनी रुपमा सञ्चालन नभएको पाइएपछि तालाबन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिएका छन् । महानगरपालिकाले यसअघि यही जेठ ६ गते असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो ।

तर, अनुगमनका क्रममा कानून अनुसारको सेवा नदिएको र अस्तव्यस्त रहेको पाइएपछि बन्द गरिएको मेयर शाहले बताएका छन् ।

तालाबन्दी गरिएका दुई संस्थाको थप सघन अनुगमनका लागि महानगरको स्वास्थ्य विभागलाई निर्देशन दिएको उनले बताए ।

मेयर शाहले सबैको पहुँच स्थापित हुने गरी सुधार नभए महानगर क्षेत्रभित्रका प्रदेश र संघ मातहतका अस्पतालमा पनि हस्तक्षेपकारी कानूनी कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।