फाइल तस्वीर

ब्रेकिङ स्टोरी

सुनुवाइ समिति बैठकको वैधानिकतामै प्रश्न, कार्कीविरुद्ध उजुरी दिनेहरुले गरे छलफल वहिष्कार

By खबरहब

June 14, 2023

काठमाडौँ- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकासँग संसदीय सुनुवाइ समितिले बोलाएको बैठकको वैधानिकतामा प्रश्न उठेको छ ।

उजुरीकर्तासमेत रहेका अधिवक्ता युवराज कोइरालाले संसद्को संयुक्त बैठक सञ्चालन तथा समिति सञ्चालन नियमावली राजपत्रमा प्रकाशित नभएको भन्दै समितिको वैधतामा प्रश्न उठाएका हुन् ।

बुधबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकासँग समितिले छलफल गर्न बोलाएको थियो । नियमावली राजपत्रमा प्रकाशिक नभई संसदीय सुनुवाइ समितिले काम गर्न नसक्ने उनको जिकिर छ ।

उनीसहितका उजुरीकर्ताले समितिबाहिरै विरोध गरी छलफल वहिष्कार गरेका थिए ।

बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम सुनुवाइ गर्ने तयारी गरेको समितिले बुधबार उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका बनाएको थियो । कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् ।