तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

नाइजेरियामा डुंगा पल्टिँदा १०३ जनाको मृत्यु

By खबरहब

June 14, 2023

अबुजा- नाइजेरियामा डुंगा पल्टिँदा १०३ जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाहबाट फर्केका मानिस सवार डुंगा पल्टिँदा १०३ जनाको मृत्यु भएको हो ।

क्वारा राज्यको पाटेगी जिल्लामा रहेकाे नाइजर नदीमा डुङ्गा पल्टिएको राज्यका प्रहरी प्रवक्ता ओकासान्मी अजयले बताए । उनका अनुसार डुंगा दुर्घटनाबाट १०३ जनाको मृत्यु भएको छ भने सयभन्दा बढीको उद्धार गरिएको छ ।

अफ्रिकाको सबैभन्दा लामो नाइजर र बेनु नदीहरू बीचको संगमको नजिक रहेको क्षेत्रमा यसअघि पनि डुंगा दुर्घटना भएका थिए । मे २०२१ मा भएको डुंगा दुर्घटनामा १६० जनाको मृत्यु भएको थियो ।