सांकेतिक तस्बिर

देश/प्रदेश

धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

By खबरहब

June 14, 2023

धनगढी- कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा से ७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१७ का ४५ वर्षीय धनिराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।