फाइल फोटो

देश/प्रदेश

वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ

By खबरहब

June 14, 2023

जनकपुरधाम – धनुषाको नगराइन नगरपालिका- २ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज साँझ वडाध्यक्ष यादव र वडासचिव झालाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरूलाई कारबाहीका लागि बर्दिवास कार्यालय लगिने बताइएको छ । सडक निर्माण योजनाको भुक्तानीका लागि उपभोक्ता समितिसँग वडाध्यक्ष र वडासचिवले घुस लिएका थिए । उपभोक्ता समितिले पहिले नै दिएको सूचनाको आधारमा अख्तियारको टोलीले वडाध्यक्ष र वडासचिवलाई पक्राउ गरेको बुझिएको छ ।