फाइल फोटो

राजनीति

राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित

By खबरहब

July 14, 2023

काठमाडौँ– राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो । 

पारित गरिएसँगै सो विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ ।