राजनीति

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपालमा

By खबरहब

July 14, 2023

काठमाडौँ- दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन् ।

शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मन्त्री लूले काठमाडौं बसाइका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् ।

अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियासम्बन्धी मामला हेर्ने लूले शुक्रबार अपरान्ह ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम छ ।