ब्रेकिङ स्टोरी

लम्पी स्किनबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

By खबरहब

July 14, 2023

काठमाडौँँ- सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीको रुपमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले लगातार लम्पी स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए ।

शुक्रबार पनि सांसदहरुले कुरा उठाएपछि सभामुख घिमिरेले लम्पी स्किन रोगको नियन्त्रणको तयारीसहितका विषयमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई रुलिङ गरेका हुन् ।