क्रिकेट

एसीसी इमर्जिङ टिम्स कप : पाकिस्तान ‘ए’ सँग नेपाल ४ विकेटले पराजित

By खबरहब

July 14, 2023

काठमाडौँ- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको छ ।

शुक्रबार कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ४ विकेटले हार व्यहोरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले जितका लागि दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर भेटायो ।

नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले अर्धशतक प्रहार गरेका थिए ।