राजनीति

सीता दाहालको निधनप्रति सात विद्यार्थी संगठनद्वारा दु:ख व्यक्त

By खबरहब

July 14, 2023

काठमाडौँ- सत्तारूढ सात दलका विद्यार्थी संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै संयुक्त शोक वक्तव्य जारी गरेका छन् ।

माओवादी केन्द्र सल्लाहकार परिषद्‍का सदस्य समेत रहेकी दाहालको निधनप्रति सत्तारूढ सात दलका विद्यार्थी संगठनहरूले संयुक्त शोक वक्तव्य निकालेका हुन् ।

दुजाङ् शेर्पा नेतृत्वको नेपाल विद्यार्थी संघ, पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारी, माधव पन्त नेतृत्वको अनेरास्ववियू, प्रकाश शाही नेतृत्वको अखिल क्रान्तिकारी, रमेश यादव नेतृत्वको समाजवादी विद्यार्थी युनियन नेपाल, देवेन्द्र कुँवर नेतृत्वको अखिल छैठौं, नेत्र चापागाई नेतृत्वको नेपाल समाजवादी विद्यार्थी युनियनले शुक्रबार संयुक्त शोक वक्तव्य निकाल्दै स्व दाहालको योगदान भावि पुस्ताको लागि अनुकरणीय सिकाई हुने बताएका छन् ।