राजनीति

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

By खबरहब

August 14, 2023

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

गत शुक्रबारदेखि जारी दलको बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभा सांसदहरुले बोल्ने क्रम जारी रहेको छ । सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीति, सांसद सुनिल शर्मा प्रकाउ प्रकरणदेखि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

हिजोसम्म ५४ जना सांसदहरुले आआफ्नो धारणा राखिसकेका छन्, आज बाँकी सदस्यहरूले आआफ्नो धारणा राख्ने छन् । सबै सांसदले बोलिसकेपछि सभापति शेरबहादुर देउवाले जवाफ दिने छन् ।