आर्थिक

सुनको मूल्य २०० रुपैयाँले वृद्धि

By खबरहब

August 14, 2023

काठमाडौँ– नेपाली बजारमा सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा २०० रुपैयाँले वृद्धि भएको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो। हिजो छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी तोलाको १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।