देश/प्रदेश

वनबासा पुलमा चारपाङ्ग्रे सवारीमा रोक

By खबरहब

August 14, 2023

महेन्द्रनगर– महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुल (शारदा ब्यारेज)मा चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ९५ हजार क्युसेक पुगेको छ । 

भारतीय पक्षले पुल जीर्ण भइसकेकाले नदीमा एक लाख क्युसेकभन्दा बढी पानी भएपछि ठूला सवारी साधनलाई रोक लगाएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक देवसिंह बडालले आज बिहानैबाट पुलमा आवागमनमा रोक लगाइएको जानकारी दिएका छन् ।

‘बिहान पानीको सतह बढेर दुई लाख २४ हजार क्युसेक पुगेको थियो’, उनले भने, ‘अहिले पैदलयात्रु र दुई पाङ्ग्रे सवारीसाधन चल्न दिइए पनि ठूला सवारी साधनमा रोक लगाइएको छ ।’ सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा हुँदा महाकालीमा पानीको बहाव बढ्ने गर्छ । महाकालीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ ।