ब्रेकिङ स्टोरी

एमाले सचिवालय बैठक जारी

By खबरहब

August 14, 2023

काठमाडौँ– पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक विविध विषयमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । 

सुन तस्करीको घटनामाथि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले संघीय संसद्मा जारी गत्यावरोधका विषयमा पनि छलफल गर्ने जनाइएको छ । 

सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा मध्याह्न १२ः३० बजे बैठक सुरु भएको हो ।