ब्रेकिङ स्टोरी

एमाले प्रदेश अधिवेशन १६ भदौबाट हुने

By खबरहब

August 14, 2023

काठमाडौं– एमालेको प्रदेश अधिवेशन १६ भदौबाट हुने भएको छ ।

सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले  १६ भदौबाट गर्ने निर्णय गरेको हो ।

बैठकले  १६ र १७ भदौमा लुम्बिनी प्रदेशको, ५ र ६ असोजमा मधेस प्रदेश, ८ र ९ बागमती प्रदेश, १० र ११ असोजमा कर्णाली प्रदेशको, १२ र १३ असोजमा कोशीको, १५ र १६ गण्डकीको,  १९ र २० असोजमा उपत्यका विशेष  प्रदेशको र २१ २२ असोजमा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।