राजनीति

कोहीसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्न हुँदैन : राहुल महरा

By खबरहब

August 14, 2023

काठमाडौं– सुन तस्करी प्रकरणमा जोडिएको माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महराले कसैसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्न भएको भन्न नसकिने बताएका छन । सामाजिक सञ्जालमा स्टाटस लेख्दै राहुलले सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयमा आपत्ति र दुख व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘सञ्चारमाध्यमले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबरजस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । सञ्चारमाध्यम बाट एकोहोरो आक्रमण हुनु को पछाडि हामीले बुझ्न सकेका छैनौँ।’

कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भनेर प्रचारबाजी गरिनु र समाचार लेखेर भ्रमित पार्नु गलत कार्य भएको राहुलको टिप्पणी छ ।

सञ्चारमाध्यमहरूले एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन सिध्याउने प्रयास भएको उनको आरोप छ ।