सांकेतिक तस्बिर

अपराध

मोरङ र मकवानपुरबाट लागूऔषधसहित ५ जना पक्राउ

By खबरहब

August 14, 2023

काठमाडौं– मोरङ र मकवानपुरबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय सविन बिक समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे र सोही उपमहानगरपालिका-१ लोकप्रिय मोडबाट अवैध लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बिआर ०५ एच ५११६ नम्बरको बोलेरो गाडीका चालक भारत घर भएका २१ वर्षीय सत्यम कुमार समेत दुईजनालाई अवैध लागूऔषध गाँजा करिब ३ केजीसहित रातोमाटेबाट र हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाणी बस्ने २९ वर्षीय भिम बहादुर घलानलाई उनकै घरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६० ग्राम बरामद गरी लोकप्रिय मोडबाट प्रहरीले पक्राउ गरेको हो ।