अपराध

बालयौन दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ

By खबरहब

August 14, 2023

काठमाडौँ– बालयौन दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । हुम्ला सिमिकोट गाउँपालिका-६ घर भई हाल ललितपुर महानगरपालिका-२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टर सञ्चालन गर्दै आएका ४१ वर्षीय दत्त सिंह बुढालाई प्रहरीले पक्राउ गरेको हो । 

दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरुपयोग गरेको आरोप छ । बालिकाले यस्तो नगर्नु भन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । 

बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ । सिंहउपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।