मनोरञ्जन

‘सालार सिजफायर’ मा जबरजस्त एक्सन

By खबरहब

August 14, 2023

काठमाडौँ – तेलुगू सुपरस्टार प्रभास स्टारर ‘सालारः पार्ट १ सिजफायर’ को सिजफायरवाला एक्सनले भरिपूर्ण टिजर रिलिजसँगै यो फिल्मलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ । यो फिल्मसँगै केजीएफ १ र २ जस्तो ब्लकबस्टर फिल्म निर्देशन गरेका प्रशान्त नीलले यसको तेस्रो शृंखलाबारे पनि केही संकेत गरेका छन् ।

‘सालार’ रिलिजसँगै ‘सालारी पार्ट २’ को तयारीमा रहेका प्रशान्त नील अब त्यसअघि नै केजीएफ च्याप्टर ३ को छायांकन सुरु गर्ने योजनामा छन् ।

एक्सन फिल्मका लागि भारतमा छुट्टै पहिचान बनाएका प्रशान्त नीलको केजीएफको तेस्रो शृंखलाका लागि फ्यानहरुको व्यग्र पर्खाइ छ । त्यसैले उनले चाँडोभन्दा चाँडो यो फिल्मलाई समय दिन चाहेको जनाइएको छ ।

प्रभासका साथै पृथ्वीराज सुकुमारन, श्रुति हसन र जगपति बाबुको मुख्य भूमिका रहेको ‘सालार: पार्ट १ सिजफायर’ आगामी सेप्टेम्बर २८ मा विश्वव्यापी रिलिज हुँदैछ । (स्रोतः एनआई)