खेलकुद

जुनियर टेबल टेनिस प्रतियोगिता आजदेखि हुने

By खबरहब

September 14, 2023

काठमाडौँ– कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगिता आजदेखि हुने भएको छ । तीन दिन हुने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने छन् ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा १५ वर्ष मुनि र १९ वर्ष मुनिको उमेरसमूहमा ब्वाइज र गर्ल्स सिंगल्स गरी चार स्पर्धा समावेश गरिएको छ ।

हरेक प्रतिस्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

प्रतियोगितामा १ सय २५ खेलाडीको सहभागिता रहने बताइएको छ ।