ब्रेकिङ स्टोरी

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

By खबरहब

September 14, 2023

काठमाडौँ– तत्कालीन संविधानसभाका अध्यक्ष, सांसद एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ ।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।

नेम्वाङको निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ ।

नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । नेम्वाङको गत मंगलबार बिहान १ बजे हृदयघातका कारण निधन भएको थियो ।