प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

महाकालीमा हाम फालेर एक जना बेपत्ता 

By खबरहब

September 14, 2023

दार्चुला– महाकाली नदीमा हाम फालेर दार्चुलाका एक जना बेपत्ता भएका छन् । 

जिल्लाको महाकाली नगरपालिका–१ लास्कु बस्ने अन्दाजी ४५ वर्षीय ज्ञानु भुलले बिहीबार बिहान नेपाल–भारत जोड्ने झोलुंगे पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

दार्चुलाको खलंगाबाट भारतीय बजार धार्चुला जान लागेका भुललाई एसएसबीले परिचय पत्र मागेको र परिचयपत्र नभएपछि उनलाई नेपाल तर्फ फर्काइएको थियो । नेपालतर्फ फर्काएपछि भुलले महाकालीमा हाम फालेको श्रोतले जनाएको छ । 

एसएसबीले फर्काएको विषयमा भने यकिन नभएको र सीमा नाकामा पहिचान खुल्ने कागज माग्ने प्रचलन भने रही आएको प्रहरी निरीक्षक सिंहले बताए । बेपत्ता भुलको खोजी कार्य जारी छ ।