फाइल तस्वीर

देश/प्रदेश

७० हजार रुपैयाँ बोकेको झोला महाकालीले बगाएपछि…

By खबरहब

September 14, 2023

बैतडी- बैतडीमा एक महिलाले ७० हजार रुपैयाँ बोकेको झोला महाकाली नदीमा खसेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट बिहीबार महाकालीमा खसेको हो ।

झुलाघाट बजार जाने क्रममा उनले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको प्रहरीको भनाइ छ । केही दिनअघि मात्रै भारतमा रहेका श्रीमान‍ले पठाएका रकम बोकेर बोहरा बिहीबार किराना पसलको सामान किन्न झुलाघाट गएकी थिइन् । गाउँमा किराना पसल सञ्चालन गर्दै आएकी भागरथीले पैसाको झोला महाकालीमा खसेको बताएकी छन् ।

गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भीरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका इन्चार्ज राजेन्द्रनाथ योगीले बताए । सशस्त्र प्रहरी बलको उद्धार टोलीले महाकाली नदी किनारसम्म खोज गरे पनि झोला पाउन सकेको छैन ।