समाचार

कतारमा ‘रमाइलो तीज धमाका’ हुँदै

By खबरहब

September 14, 2023

दोहा – हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा कतारमा आयोजना हुन लागेको ‘रमाइलो तीज धमाका’को तयारी पूरा भएको छ । उक्त कार्यक्रम ५७ वटा संघसंस्थाको आयोजनामा हुन लागेको हो ।

नेपाली महिला समाजको चहाना, एकता र सहयोगको बिशुद्ध सामाजिक भावना भन्ने मुल नाराको साथ हुन् लागेको रमाइलो बृहत् तीज सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भण्डारी पौडेलले जानकारी दिईन ।

नेपाली महिला समाज कतार , गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको महिला बिभाग एवं दोहा कतारमा स्थापित बिभिन्न संघ(संस्थाहरुको संयुक्त आयोजनामा नेपालीहरुको महान पर्व ूतीजझझ को अवसरमा शुक्रबार आयोजना हुने कार्यक्रम उपस्थित हुन् सबैलाई बिशेष गरी महिला दिदीबहिनीहरुलाई अनुरोध गरिएको अध्यक्ष भण्डारी पौडेलले बताईन।

कार्यक्रममा दर ख्वाउनुका साथै शुभकामना आदान–प्रदान तथा श्रमिक सचेतनामुलक कार्यक्रम पनि रहेको उनले बताईन । कार्यक्रम आयोजक संस्थाका लागि दुई सय कतारी रियाल तोकिएको छ। महिलाका लागि प्रवेश निःशुल्क व्यवस्था गरिएको छ भने आयोजक संस्थाको प्रतिनिधि बाहेक दुई वटा पास उपलब्ध गराइने बताईएको छ ।

पुरुषका लागि प्रवेश शुल्क २५ रियाल तोकिएको छ । कार्यक्रम अल थुमामास्थित एथ्लेन स्पोर्ट्स क्लबको इभेन्टस हलमा शुक्रबार बिहान ११ बजेबाट शुरु हुनेछ । कार्यक्रममा महिलाहरुका लागि निशुल्क यातायात व्यवस्था पनि गरिएको एनआरएनए कतारका द्वितीय उपाध्यक्ष केश कार्कीले जानकारी दिए ।