देश/प्रदेश

बिहान उठ्नासाथ ऐना हेर्नु शुभ कि अशुभ ?

By खबरहब

October 14, 2023

राति सुतेर बिहान उठ्नासाथ ऐना हेर्ने धेरैको बानी हुन सक्छ ! तर वास्तुशास्त्रले  बिहान उठ्नासाथ ऐना हेर्नुलाई राम्रो मानेको छैन ।

बिहानै ऐना हेर्दा शरीरमा नेगेटिभ ऊर्जा, रोग र भय उत्पन्न हुने सम्भावना बढी रहन्छ ।

बिहान उठ्ने बित्तिकै मानिसको अनुहारमा अल्छी र अनुहारमा आलस्य झल्किन्छ । त्यसैले बिहान उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरि नकारात्मक प्रभाव पार्न सक्छ ।

वास्तुशास्त्र अनुसार जब हामी बिहानै ऐनामा आफ्नो प्रतिविम्ब देख्छौँ, त्यसले मनमा सकारात्मक भाव जाग्दैन । ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुलाई उपयुक्त मानिएको छ ।