सांकेतिक तस्बिर

देश/प्रदेश

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

By खबरहब

October 14, 2023

कैलाली- कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको टीकापुर नगरपालिका–१ बसपार्क नजिकबाट १ ग्राम लागूऔषधसहित अछामको साँफेबगर नगरपालिका १० घर भइ हाल टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय मनोज भुल शुक्रवार दिउँसो पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ । यसैगरी कैलालीको धनगढी उपमहानरपालिका–३ त्रिनगर ब्यारेलबाट १ ग्राम लागूऔषधसहित धनगढी–१ पशुपती टोलका १८ वर्षीय किशोरी शुक्रबार दिउँसो पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिईएको प्रहरी टोलील चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।