धर्म / संस्कृति

विवाहपञ्चमी महोत्सवको आज तेस्रो दिन, धनुष यज्ञ गरिँदै

By खबरहब

December 14, 2023

काठमाडौँ– विशेषगरी मिथिलाञ्चल क्षेत्रमा मनाइने साताव्यापी सीता–राम विवाहपञ्चमी महोत्सवको आज तेस्रो दिन धनुष यज्ञको आयोजना गरी मनाइँदै छ ।

त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकीसित विवाह भएको धार्मिक मान्यता छ ।

सोही मान्यता अनुसार विवाहपञ्चमी महोत्सवको तेस्रो दिन जनकपुरस्थित रामजानकी मन्दिर परिसरमा धनुष यज्ञ आयोजन गरिन्छ ।

आज अपराह्न हुने धनुष यज्ञमा रामको स्वरूपमा सिँगारिएका बालकहरूले धनुषा भाँचेर यो यज्ञ मनाउने तयारी गरिएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यस वर्ष विवाहपञ्चमी पर्व पुस १ गते परेको छ ।