फाइल फोटो

आर्थिक

फेरी बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

December 14, 2023

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेको छ ।

महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।