ब्रेकिङ स्टोरी

सरकारको पहिलो चौमासिक समीक्षा बैठक सुरु

By खबरहब

December 14, 2023

काठमाडौं– नेपाल सरकारका विभिन्न मन्त्रालयको पहिलो चौमासिक समीक्षा बैठक सुरु भएको छ । समीक्षा बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सुरु भएको हो ।

त्यसका लागि नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री र सचिवहरूलाई सिंहदरवारमा बोलाएका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनाको समीक्षा हुने छ । समीक्षा बैठकलगत्तै दिउँसो तीन बजे मन्त्रपरिषद् बैठक पनि बस्ने बताइएको छ । 

बैठकले परराष्ट्र सचिव समेत नियुक्ति गर्ने बताइएको छ । जसका लागि सेवा लम्सालको नाम अगाडि आएको छ ।