देश/प्रदेश

प्युठानमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु 

By खबरहब

December 14, 2023

 काठमाडौँ– प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्युठानको ऐरावती गाउँपालिका-२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको हो । 

प्यूठान प्रहरीका अनुसार बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।