फाइल फोटो

ब्रेकिङ स्टोरी

नक्कली शरणार्थी प्रकरण : खाणको मुद्दामा बहस सुरु

By खबरहब

December 14, 2023

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको मुद्दामा सरकारी वकिलको बहस सुरु भएको छ ।  

खाणको मुद्दाको सुनुवाइ उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ । न्यायाधीश कोइरालाको इजलासको राय अनुसार खाँण थुनामा रहने वा धरौटीमा छुट्ने भन्ने टुंगो लाग्नेछ ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएकाले उनको निवेदनको सुनुवाइ तेस्रो न्यायाधीशको इजलासमा हुन लागेको हो ।