फोटो फिचर

तारेहोटलमा गाउँको सीप, बिक्रीमा ७० लाखको मूर्ति (तस्विरहरु)  

By खबरहब

December 14, 2023

काठमाडौं– हस्तकला भनेपछि हामी गाउँले परिवेश र सीपलाई सम्झिन्छौं । हातले बनाएका सामग्रीहरूको मुख्य स्रोत गाउँ भएता पनि शहर बजारमा यसको आकर्षण बढ्दै गएको छ ।

यही क्रममा बिहीबार दरबारमार्गको होटल अन्नपूर्णमा राष्ट्रपति रामचन्द्र पौडेलबाट २० औं हस्तकला व्यापार मेलाको उद्घाटन भएको छ ।

राष्ट्रपति पौडेलले मेलाको उद्घाटन गर्दै हस्तकला उद्योगबाट उत्पादित वस्तुको बजार विस्तार गर्न सरकारका सबै निकायलाई सुझाव दिए । उनले नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र हस्तकला भएकाले सरकारबाट यसको प्रवर्द्धनका लागि उद्योग व्यवसायमैत्री  कानुन बनाउन आवश्यक रहेको समेत राष्ट्रपति पौडेलको भनाइ छ ।

विहीबारदेखि सुरु भएको मेलामा १ सय २० वटा स्टल रहेका छन् । यहाँ राखिएका सामानहरुमा काइँयो र ठेकीदेखि ७० लाख रुपैयाँ पर्ने मूर्तिसम्म छन् । हस्तकला महासङ्घका कार्यसमिति सदस्य दीपेन्द्र शाक्यका अनुसार मेला मंसिर २८ देखि पुस २ गतेसम्म चल्नेछ ।

तस्बिरहरू –दीपेश पौडेल-खबरहब