फाइल तस्वीर

ब्रेकिङ स्टोरी

धनकुटामा ओलीमाथि आक्रमण

By खबरहब

December 14, 2023

धनकुटा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमणको प्रयास भएको छ ।

मध्य पहाडी राजमार्गको संकल्प यात्रामा रहेका ओलीमाथि धनकुटाको महालक्ष्मी नगरपालिका लेगुवामा आक्रमणको प्रयास भएको हो ।

उनीमाथि सोही ठाउँका एक युवाले आक्रमण गरेको बताइएको छ ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट घुसेका युवाले उनिमाथि आक्रमण गरेका हुन् । आक्रमण गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

यसैबीच, एमाले नेता तथा सांसद राजेन्द्र राईका अनुसार मदिरा सेवन गरेका युवकले माला लगाउन नपाउँदा आक्रोश ब्यक्त गरेको तर, अध्यक्ष ओलीमाथि हातपात नगरेको दाबी गरे ।