खेलकुद

चितवनलाई हराएको धनगढी तालिकाको शीर्ष स्थानमा

By खबरहब

December 14, 2023

काठमाडौं – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

आज भएको खेलमा चितवनलाई १–० गोल अन्तरले हराउँदै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई जित दिलाउन ओलावाले अफिजले निर्णायक गोल गरे ।

चितवनका विमल धर्तीमगरले पेनाल्टी मिस गर्दा खेल बराबरी गर्न चुके ।

आजको जितसँगै धनगढी तालिकाको शीर्ष स्थानमा उक्लेको छ । धनगढीको ५ खेलबाट ११ अंक छ ।

दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाट ९ अंक छ । पराजित चितवन पुछारबाट दोस्रो स्थानमा छ ।