फाइल फोटो

अन्तर्राष्ट्रिय

युक्रेनले वार्ता गर्न नचाहेको रुसी राष्ट्रपतिको आरोप

By खबरहब

December 14, 2023

मस्को – युक्रेनले असैनिकीकरण गर्ने बारे वार्ता गर्न नचाहेका कारण रूसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन असैनिकीकरणको लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताएका छन् ।

‘जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ तब शान्ति आउँछ,’ पुटिनले भने ।