सांकेतिक तस्बिर

समाचार

करेन्ट लागेर एक जनाको मृत्यु

By खबरहब

December 14, 2023

कैलाली – कैलालीलाईमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका– १ बस्ने २३ वर्षीया कोपिला जोशीको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो।

प्रहरीका अनुसार धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।