समाचार

ढुङ्गामुढा गरेर पहिचानवादीको समस्या समाधान हुँदैन : शेखर कोइराला

By खबरहब

December 14, 2023

मोरङ –नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद डा शेखर कोइरालाले पहिचानवादीले उठाएको प्रदेश नं १ पुनः नामकरण मुद्दाको समाधान छलफलबाट हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले ‘नेकांको पहिचान पनि भेटिने द्वन्द्व पनि मेटिने’ नारालाई साकार गर्न वार्ता एवं छलफलबाट निकास निस्कने बताए ।

उनले ढुङ्गामुढा गरेर समस्या समाधान नहुने भन्दै आफ्नो पार्टीले कोशी प्रदेशमा अन्य पार्टीलाई मुख्यमन्त्री बनाउन खोजेपछि विद्रोह गरिएको दाबी गरे । केन्द्रीय सदस्य कोइरालाले सुशासन प्रवद्धनमा जोड दिए ।