ब्रेकिङ स्टोरी

माओवादी नेतृत्वको सरकार असफल भइसक्यो : शेखर कोइराला

By खबरहब

December 14, 2023

विराटनगर – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् । बिहीबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तनको विकल्प नभएको बताएका हुन् ।

जनताको समस्या समाधान गर्न वर्तमान सरकार असफल भइसकेको उनको भनाई छ । ‘ अहिलेको सरकार जतिसक्दो परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन । यो सरकार असफल भइसक्यो ।’

कांग्रेस नेतृत्वको सरकारले मात्रै देशलाई विकासको बाटोमा अगाडी बढाउने उनको दाबी छ । उनले देशमा विद्यमान समस्या समाधान गर्न पनि कांग्रेस नेतृत्वको सरकार आवश्यक भएको बताए ।

यस्तै उनले पहिचानवादीले उठाएको प्रदेश नं १ पुनः नामकरण मुद्दाको समाधान छलफलबाट हुने बताए। उनले ढुङ्गामुढा गरेर समस्या समाधान नहुने भन्दै आफ्नो पार्टीले कोशी प्रदेशमा अन्य पार्टीलाई मुख्यमन्त्री बनाउन खोजेपछि विद्रोह गरिएको दाबी गरे । केन्द्रीय सदस्य कोइरालाले सुशासन प्रवद्धनमा जोड दिए ।