अन्तर्वार्ता

नेताहरुले बोलेको पुरा गर्न त्याग र आत्मबल चाहिन्छ

By खबरहब

January 15, 2023

काठमाडौँ : देशमा भएको नयाँ सरकारले भए भरको सोचे भन्दा पनि बढी मत ल्याएको छ । मात्र दुई जान सांसदले विश्वासको मत दिन सकेनन् । यो विश्वासको मत पाइरहँदा पुष्पकमल दाहाल नेतृत्वको सरकारले अब चमत्कार नै गर्ला त भन्ने प्रश्न आईरहदा नेपाली कांग्रेसले सरकारबाट विमुख हुनु परेको अवस्थामा प्रति पक्षमा बस्न पनि उसलाई किन सुहाएन वा नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने नैतिकता देखाउन किन सकेन ? यसै विषयमा आधारित रहेर राजनीतिक विश्लेषक श्री कृष्ण अनिरुद्ध गौतमसँग नयन सापकोटाको कुराकानीको सम्पादित अंशः

काँग्रेसको विश्वासको मतलाई कसरी लिनु भएको छ ? आज म उपवास बस्छु अरू मैले गरिसके जस्ता एक प्रकारको देखावटीको पाटोका रूपमा लिन्छु । जसको कारण समाजमा भएका र घटेका वास्तविकता देखीने जस्तो रहेको हुन्छ । कुनै पनि माध्यमबाट कसैले पनि परिकल्पना नगरेको नसोचेका कार्यका रूपमा लिन्छु । गाली गर्दा पनि गाली लज्जित हुन्छ ।

कार्य सम्पादन समितिले निर्णय गयो काँग्रेसमा खास निर्णय कसरी हुन्छ ? कांग्रेसमा मात्र नभई नेपालका राजनीतिक पाटीमा कुनै निर्णय नभएको पाइयो । नीति शास्त्र समात निर्णय नहुने रहेछ । चुनाव भन्दा अगाडि गठबन्धन गर्न र जुन धर्म छ त्यसको पालना नगर्ने जस कारण यसलाई चाहिँ कुनै पनि धर्मको पालना नगरेको पाए । धर्म छोड्नु भनेको धर्म निरपेक्ष हो धर्मनिरपेक्ष भनेको पाप पालना गर्नु हो । त्यो प्रक्रिया भोग्न तयार हुनु हो पाटी भनेको पद्धति हो । सिद्धान्तमा आधारित हुन्छ । सही छ र गलत छ भन्नु भन्दा पनि गलतलाई अँगाली रहेका हुन्छन् र त्यसैलाई आत्मसाथ गरिरहेका हुन्छन् । बोलाइ र गराइमा फरक पर्छ ।

विश्वासको मत दिनै पर्ने अवस्थामा शेरबहादुर देउवा किन पुगे ? लोभ प्रलोभन भन्दा बाहिर त केही पनि हुन सक्दैन । आपसमा समझदारी भयो भने विश्वासको मत फिर्ता लिन पनि सकिन्छ । नेपाली कङ्ग्रेस कुनै पनि पाटीमा सहभागी नरहने अवस्था पनि आएको थियो । व्यावहारिक लेनदेन भएको पनि हुन सक्छ । विभिन्न कारण झगडा रुवाबासी लाई साम्मे पार्नको लागि लेनदेनमा झुकाव रहेको हुन सक्छ । एकले अर्कोलाई जिताइ रहेका छन् । के पी ओलीमा बराबर पन अबको समयमा रहेन । सत्ता राजनीतिको खेलमा प्रचण्ड अगाडि रहे ।

पुष्पकमल दाहालले कांग्रेस लाई प्रतिपक्षमा बसाउन किन चाहेनन् ? नयाँ गठबन्धनलाई हटाउनु पर्छ भन्ने काँग्रेसको प्रवेश गराइयो यसलाई के भन्न चाहनु हुन्छ ? कठपुतली अर्थात विश्वास नभएको एक अर्कोमा दोष लगाएर बसेको छ नेपालको राजनीतिमा ३० वर्षको पञ्चायतमा धेरै व्यक्तिहरू सांसदमा छन् । जहाँ दल थिएन गोठालो बिनाका बस्तुभाउ जस्तो हो । अरूको कुरामा देश अडिएको जसले जे भन्यो त्यही लागू गरेको छ । चरित्र बानी बेहोरामा पनि आधारित छ ।

माधव नेपालले समर्थन दिँदैमा चाहिँ हामी सरकारमा गएको भन्न कसरी मिल्छ ? हामी जे बोल्छौ त्यो नै विधान हुन्छ भन्ने सो हुन्छ । हामीले बोलेको त्यो नि सत्य हो भन्ने विचार राख्नु हुन्छ । लोकतन्त्रको मुख्य गुन भनेको तपाईँको सम्पूर्ण चरित्र नङ्ग्याइनु छ यसको सुन्दर पक्ष हो । चुनाव अगाडि र चुनाव पछाडिको बोलिले धेरै फरक हुन्छ भन्नुको अर्थ बोलाई र गराई मा फरक पन छ । जनताले चाहेका जस्तो कानुन नभएको जनाइन्छ ।मेरो प्रतिनिधित्व गर्ने मान्छे छैन भने म आफै प्रतिनिधित्व गर्नु पर्छ ।

कांग्रेस हुन्छ लाई कारबाही गर्ने भनेका कार्यकर्ता मतदाता कि अरू पनि ? २६ गते बाट नेपाली काँग्रेस प्रतिपक्ष होइन सत्ता पक्ष हो । आजका मितिमा केन्द्रीय समिति बसेर हामीले दिएको समर्थन फिर्ता लिएमा सुधार हुन्छ । राज्य सञ्चालनमा सुधार ल्याउन जरुरी हुन्छ ।

यस्तो राजनीतिले कांग्रेसले के गर्न खोजिराखेको छ ? यसले केही पनि गर्दैन अब केही गर्छु भन्नु त केबल मुखोँटाहरु हुन । विधान अरूतिर बनी सक्यो जहाँ जस्तो रूपमा रहन नसक्नु हो । बाचा अनुसारको आचरण भुल्दै गएको छ । मान्छेले आफूले बोलेको बोली पुरा, तपस्या, त्याग गर्न, आत्मबल हुन आवश्यक छ ।

जुन व्यवस्थामा र राजनीतिक प्रणालीमा हामी छौँ त्यहाँ गलत र विफल बन्दै जाने श्रृङखला कसरी भयो ? यो व्यवस्था गलत र सही भन्दा पनि यो व्यवस्थामा संस्कृति भन्दा पनि विकृति भने छिटो आएको छ । लोकतान्त्रिक सांस्कृतिक विश्वमा धेरै मान्यता छ, त्यसलाई उल्लिन गर्नु भएन जस कारण अदालतलाई दबाउन खोजेको पाइन्छ । जनताको अपेक्षा तथा चाहनालाई मार्नु भएन । काँग्रेस दोस्रो दल थियो काँग्रेसले पनि बहुमत प्याउन सक्थ्यो । अल्पमतको सरकार थियो । यो बहुमतको सरकार हो ।

एउटै पाटिएको बहुमतको सरकार होइन। सरकारले जसरी पद बाँडफाँडमा कस्तो कस्तो खालको किचलो तथा समस्या आउन सन्कने सम्भावना छ ? तुष्टिकरणको राजनीतिमा प्रचण्डलाई माहिर मान्नु पयो । लोभले गर्दा विफल भएको छ जस कारण सरकार दिगो र परिवर्तन हुन नसकेको हो जनता भन्दा नेताहरूको सोचमा विकास र उच्चताको भावना हुनु पर्छ ।

अब काँग्रेसलाई मैले यसरी समर्थन गरे के कारणले भन्न ठिक होला ? त्यो आवश्यक मान्दैनन् गणतन्त्र यस कारण सफल बनाइयो भनेर भन्दैनन् । गणतन्त्रको एजेन्डा पास गरे एजेन्डा पास गर्दा यो यो कारणले गर्दा गणतन्त्रका आउनु पयो भन्ने हामीले त्यसको समीक्षा गरिदिने हो । म गलत थिए सच्चिएर नआएको कारण कुनै पनि कार्यमा समर्थनमा नआएको छ ।

 

 

(प्रस्तुति : पुष्पाञ्जी बस्नेत)